काठमाडौंबाट उडेको फ्लाइ दुबईको इञ्जिन फेल, अवतरणको तयारी

नेपालभ्युज

काठमाडौंबाट उडेको फ्लाइ दुबईको इञ्जिन फेल, अवतरणको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानको इञ्जिन फेल भएको छ ।

उडेको केहीबेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ ।

पर्यटनमन्त्री सुदन किराँतीका प्रेस सल्लाहकार राजन समीपका अनुसार विमान सुरक्षित अवतरण गराउने प्रयास भइरहेको छ । ‘अहिलेसम्म ठिकठाकै छ, ल्यान्ड हुने क्रममा छ । कुनै घटना घटेको छैन । केहीबेरमा ल्यान्ड हुन्छ,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानलाई सुरक्षित अवतरण गराउन वारुणयन्त्र तयारी अवस्थामा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved