रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरू (तस्वीरहरू)

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरू भएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइ अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ती गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रातो मत्स्येन्द्रनाथको रथ यात्रा सुरू हुन्छ ।

रातो मत्स्येन्द्रनाथको रथयात्रा सुरू (तस्वीरहरू)

काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट सुरू भएको छ । वैशाख शुक्ल प्रतिपदामा रथारोहण गराइ अक्षय तृतीयाका दिन गौदानसहितको शान्ति स्वस्ती गरेपश्चात् सोही पक्षको चतुर्थी तिथिमा रातो मत्स्येन्द्रनाथको रथ यात्रा सुरू हुन्छ ।

उपत्यकाकै लामो रथ यात्रा, रातो मत्स्येन्द्रनाथको रथ यात्रा करिब १६०० वर्षभन्दा पुरानो हो । परापूर्वकालमा नगरवासीलाई श्री पद्मपाणी अवलोकितेश्वरसमेत भनिने रातो मत्स्येन्द्रनाथको दर्शन गराउन र ललितपुर नगरको भ्रमण गराउँदै मत्स्येन्द्रनाथको रथयात्रा आरम्भ भएको विश्वास गरिन्छ ।

यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गा:बहाल, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथको रथ यात्रा विधिवत्‌रूपमा समापन हुन्छ।

भोटो देखाइसकेपछि मत्स्येन्द्रनाथलाई बु:मतीमा लगेर राखिन्छ । सूर्य दक्षिणायण भरि १२ पक्ष अर्थात् ६ महिना बु:मतीमा र सूर्य उत्तरायण भरि १२ पक्ष अर्थात्‌पछिको ६ महिना मत्स्येन्द्रनाथलाई पाटनको मछिन्द्रब:हालमा राखिन्छ ।

पाटनबाट दक्षिणायणमा बु:मती रहेको र सो ठाउँबाट उत्तरायणमा पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु:मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन यद्यपि छ ।

रातो मत्स्येन्द्रनाथलाई लिच्छवी राजा जयदेव द्वितीयले आसामको कामारूपबाट ल्याएका भन्ने धार्मिक विश्वास छ । रातो मत्स्येन्द्रनाथलाई रक्तावलोकितेश्वर, बुंगमलोकेश्वर, मच्छिन्द्रनाथ, लोकनाथ, बुंगद्यो आदि नामले पनि पुजिने गरिन्छ ।

हिन्दू धर्मावलम्बीहरूले मत्स्येन्द्रनाथले ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीहरूले ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पुज्ने गर्दछन् ।

आज पुल्चोकबाट तानेर रातो मत्स्येन्द्रनाथको रथ पाटन ग:बहाल पुर्‍याइने छ । मत्स्येन्द्रनाथको रथसँगै उनका गुरु मीननाथको रथसमेत तानिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved