लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढल्यो

लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। सोमबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।

नेपालभ्युज

लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढल्यो

काठमाडौं। लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। सोमबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो।

प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ मत मात्र आयो। विपक्षमा ५३ मत पर्‍यो।
यसअघि विश्वासको मत नपाएपछि सुदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो। कोसी प्रदेशमा मात्र एमालेको सरकार छ।

सुदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ। गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved