नगरपालिकाको गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु

नेपालभ्युज

नगरपालिकाको गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु
काठमाडौं। नवलपुरको  मध्यविन्दु नगरपालिका–१५ मा गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।

मध्यविन्दु नगरपालिकाको बा २ झ २३१२ नम्बरको गाडीको ठक्करबाट आदित्य माझीको मृत्यु भएको चोरमारा प्रहरी चौकीका सई ढाकाराम लामिछानेले बताए।

दुर्घटनापछि सवारी र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

घटनाको विषयमा अनुसन्धान भइरहेको लामिछानेले बताए।

मध्यविन्दु नगरपालिकाबाट फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमनका लागि गएको बेला उक्त सवारी दुर्घटना भएको नगरपालिकाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved