आज अक्षय तृतीया पर्व मनाइँदै, पशुपतिमा दर्शनार्थीको भीड (तस्वीरहरू)

नेपालभ्युज

आज अक्षय तृतीया पर्व मनाइँदै, पशुपतिमा दर्शनार्थीको भीड (तस्वीरहरू)

काठमाडौं। आज अक्षय तृतीया। हरेक वर्ष वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ। जौ र चनाको सातु एवं चिसो पानीको सर्वत खुवाइँदै अक्षय तृतीया पर्व मनाउने गरिन्छ ।

काठमाडौंको पशुपतिनाथ मन्दिरमा पनि आज दर्शनार्थीहरूको पूजा आराधना र दिन दुःखीहरूलाई विभिन्न अन्न, वस्त्र आदि दान गर्नेहरूको भीड लागेको छ। आजकै दिन महादेव र देवी पार्वतीको विवाह भएको शास्त्रोक्त कथन छ।

अक्षय तृतीया पर्वमा सर्वत खाँदा र खुवाउँदा पुण्यप्राप्त हुने जनविश्वास रहेको छ । यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ।

अक्षय तृतीयामा ब्राह्मण, कुलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्दा अन्न भण्डार कहिल्यै खाली नहुने कथन रही आएको छ ।

अक्षय तृतीया पर्वलाई सुख र समृद्धिको प्रतीकसमेत मानिन्छ ।

यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवर्द्धक अन्न जौ र चनाको सातु खाने परम्परा रहेको पनि छ ।

तस्वीर : सरोज बस्नेत/नेपाल भ्युज


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved