एसीसी प्रिमियर कप : कुशल मल्लले बनाए व्यक्तिगत पहिलो शतक

नेपालभ्युज

एसीसी प्रिमियर कप : कुशल मल्लले बनाए व्यक्तिगत पहिलो शतक

काठमाडौँ। एसीसी प्रिमियर कपमा क्रिकेट प्रतियोगितामा ओमानविरूद्ध कुशल मल्लले व्यक्तिगत रुपमा पहिलो शतक हानेका छन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा मल्लले आफ्नो पहिलो एकदिवसीय शतक बनाउँदा विष्फोटक ब्याटिङ गरे ।

नेपालको ५० औँ एकदिवसीय खेलमा मल्लले ५८ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पुरा गरेका थिए।

१९ वर्षीय मल्ल नेपालबाट एकदिवसीयमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन्। उनको यो २१ औँ खेल हो।

नेपालको लागि एकदिवसीयसमा सर्वाधिक रन बनाउने मल्ल सातौँ खेलाडी बनेका छन्।

नेपालको लागि एकदिवसीयमा शतक हान्ने कुशल छैँटौँ खेलाडी बनेका छन्।

यसअघि पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरक थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved