प्रधानमन्त्री सहितको टोली ‘निजगढ–काठमाडौं’ फास्ट ट्रयाक अवलोकनमा

नेपालभ्युज

प्रधानमन्त्री सहितको टोली ‘निजगढ–काठमाडौं’ फास्ट ट्रयाक अवलोकनमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र अर्थमन्त्री डा. प्रकाशशरण महतको जम्बो टोलीले मंगलबार ‘निजगढ–काठमाडौं’ फास्ट ट्रयाक (द्रुत मार्ग) को स्थलगत अवलोकन गरेका छन् ।

प्रधानमन्त्री सहितको टोलीले मकवानपुरको बकैया–४ को राजदमार र लेनडाँडा तथा भीमफेदी गाउँपालिकाको महादेवटार क्षेत्रमा अवलोकन गरेको हो। प्रधानमन्त्रीको साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मासहित केही सचिव र सचिवालयका सदस्य पुगेका थिए ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो आयोजना काठमाडौंलाई तराई मधेससँग जोड्ने सबैभन्दा छोटो दूरीको आयोजना हो। काठमाडौंदेखि निजगढसम्मको यो द्रुतमार्ग ७८ किलोमिटरको हुनेछ ।

अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको द्रुत मार्गको काम सन्तोषजनक रहेको बताए । उनले द्रुत मार्गले नेपाली सडक सञ्जालमा ठूलो परिवर्तन ल्याउनेसमेत बताए।

द्रुतमार्गमा साना-ठूला गरेर ८७ वटा पुल निर्माण हुनेछ भने प्यासेन्जर अन्डरपास १२ वटा आभेरपास एउटा र सवारी अन्डरपास ५ अनी ओभरपास ४ वटा रहने बताइएको छ। निर्माणमा १ खर्ब ८० अर्ब खर्च हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved