काठमाडौं। महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा सोमबार रिट परेको थियो ।
रिटको बहस र सुनुवाइ मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको थियो । तर, त्यो मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ। अधिवक्ता पदम श्रेष्ठले काठमाडौं महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै मुद्दा दर्ता गराएका थिए।
तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नुपर्ने लगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
Facebook Comment
Comment