काठमाडौं । विशेष अदलतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बास्तोला र खुशीप्रसाद थारुको संयुक्त इजलासले खड्कासमेत ४ जनाविरुद्ध सोमबार पक्राउ पुर्जी जारी गरेको हो ।
चार वर्ष पुरानो अख्तियारको मुद्दामा सोमबार फैसला गरिएको हो । २०७५ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध १८ करोड ६६ लाख रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
२०७१ साल माघमा निगमको कार्यकारी निर्देशक नियुक्त भएका उनी विवादमा मुछिएपछि सरकारले २०७४ असोजमा विभिन्न संसदीय समितिको सिफारिसबमोजिम पदच्युत गरेको थियो ।
Facebook Comment
Comment