काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्डस क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा फ्रेन्डस हिमालयन शेर्पालाई ६–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।
फ्रेन्डसका लागि रफिक अमिनु, अख्रोबेक, अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिनले गोल गरे। खेलको तेस्रो मिनेटमा नै रफिकले गोल गर्दै फ्रेन्डसलाई अग्रता दिलाए। ३२ औँ मिनेटमा अख्रोबेकले फ्रेन्डसको लागि दोस्रो गोल गरे। ३८ औँ मिनेटमा रफिकले फ्रेन्डसका लागि तेस्रो गोल गरे।
५८औँ मिनेटमा पेनाल्टीमा अमितले फ्रेन्डसका लागि चौथो गोल गरे। फेण्ड्सको लागि ७२औँ मिनेटमा उत्तम राईले पाँचौँ गोल गरे। खेलको इन्ज्यूरी समयमा टोरिकले फ्रेन्डसका लागि छैँटौँ गोल गरे।
यस्तै, च्यासल मैदानमा भएको थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।
Facebook Comment
Comment