एजेन्सी । स्याउ खानु स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । तर के तपाईंलाई थाहा छ स्याउको बोक्रा पनि काम आउन सक्छ भनेर ?
यहाँ हामी स्याउको बोक्रालाई प्रयोग गर्ने विभिन्न तरिका बारेमा बताउनेछौं ।
स्याउको बोक्राबाट चिया बनाउन सकिन्छ । यसका लागि स्याउका बोक्रा राखेर राम्रोसँग पानी उमाल्नुहोस् र उक्त पानीलाई छानेर कागती र मह मिलाएर पिउनुहोस् ।
भाँडा सफा गर्नका लागि पनि स्याउको बोक्राको प्रयोग गर्न सकिन्छ । यसका लागि स्याउको बोक्रालाई पानी राखेर उमाल्ने र उक्त पानीमा भाँडा धुने साबुन मिसाएर भाँडा धुनु पर्दछ । यसो गरेमा भाँडा चम्किलो हुन्छ ।
स्याउको बोक्रालाई सानो टुक्राबाट प्यानकेक बनाउन सकिन्छ । त्यसका लागि स्याउका बोक्रा प्यान केक बनाउने ब्याटरमा मिसाएर तयार पार्नुहोस ।
साथै स्याउको बोक्रालाई एप्पल साइडर भेनेगर पनि बनाउन सकिन्छ । त्यसका लागि चिनी र स्याउका बोक्रालाई पानीमा डुबाएर १–२ हप्ताका लागि छोड्नुस् ।
जब उक्त पानीमा गाज देखिन थाल्छ स्याउका टुक्रालाई निकालेर फेरी बिर्को लगाएर राख्ने । एक हप्ता त्यत्तिकै राख्ने र जब त्यसमा सही एसिडिटीको मात्रा बन्छ त्यसलाई झिकेर अर्को भाँडोमा खन्याएर राख्ने ।
Facebook Comment
Comment