काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारसँग थप लडाईंको फायर खोलेका छन्।
भारत र चीनको निर्देशनमा चल्ने सरकारको आदेश नमान्नेदेखि सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति सार्वजनिक गरेपछि चर्चामा रहेका उनले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन्।
सामाजिक संजालमा स्टाटस लेख्दै मेयर बालेनले सरकारलाई नै यस्तो चुनौती दिएका हुन् । दुई दिनअघि मन्त्रिपरिषद् बैठकमा बालेनको कार्यशैली र अभिव्यक्ति बारेमा चर्चा भएको थियो। बैठकमा उनको कार्यशैली ‘अराजक’ भनिएको थियो।
बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन्। हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन।’
महानगरपालिकालाई विभिन्न मन्त्रालयहरूले असहयोग गरेको भन्दै बालेनले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउनसमेत निर्देशन दिएपछि सरकार र साहको बीच समस्या देखिएको हो।
Facebook Comment
Comment