काठमाडौं। नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिको बुधबार बसेको बैठकले १३ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको जनाइएको छ। गृह मन्त्रालयले समितिको सिफारिसअनुसार बढुवा सिफारिस सूची प्रकाशित गरेको छ ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार मन्त्रालयले बढुवा सिफारिससूची प्रकाशित गरेको हो।
बढुवाका लागि सिफारिस भएका एसएसपीहरूमा कुवेर कडायत, केदार ढकाल, विष्णुबहादुर केसी, भरतबहादुर बोहरा, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य रहेका छन् ।
यस्तै, सुरेन्द्रप्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ विनोद पोखरेल र विकासराज खनालको नाम पनि सिफारिस भएको छ । सिफारिस सूचीमा कडायतको नाम पहिलो नम्बरमा रहेको छ।

Facebook Comment
Comment