कान सफा गर्दा यस्तो गल्ती नगर्नुहोस्

नेपालभ्युज

कान सफा गर्दा यस्तो गल्ती नगर्नुहोस्

एजेन्सी । कानमा भएको फोहोर निकाल्न हामी कैयौं तरिका अपनाइरहेका हुन्छौं । कसैले नुहाउने बेला भिजेको तौलियाले कान सफा गर्छन् भने कसैले ईयरबडको प्रयोग पनि गर्छन् ।

आउनुहोस् जानौं कान सफा गर्दा ध्यान दिनुपर्ने कुराका बारेमा ।

यदि तपाईं ईयरबडले कान सफा गर्नुहुन्छ भने पहिला तोरीको तेलमा इयरबड डुबाउनुहोस् र सफा गर्नुहोस् । यसले कानको फोहोर सजिलै निस्कन्छ ।

कान सफा गर्दा ध्यान दिनुपर्ने कुरा हातहरु कतै हल्लिने वा ठोक्किने गर्नु हुँदैन । कहिल्यै पनि धारिलो तथा तिखो चिजले कान सफा गर्नु हुँदैन ।

कतिपय व्यक्ति आफुसँग भएको कुनै पनि धारिलो चिजले कान कोट्याउने, सफा गर्ने गर्दछन् जो एकदमै हानिकारक हुन्छ । कुनै पनि चाबी तथा पेन लगायतले कान कोट्याउँदा त्यसमा भएको फोहोर कानमा जाने र त्यसले झनै समस्या पैदा गर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved