एजेन्सी । गर्मीको मौसममा नरिवल पानी पिउनु एकदमै फाइदाजनक हुन्छ । नरिवल पानीले डिहाइड्रेशनको समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ र शरीरमा ताजगी आइरहन्छ ।
नरिवल पानीमा एन्टीअक्सीडेन्ट, अमिनो एसिड, भिटामिन सी लगायत कैयौं पोषक तत्वहरु पाइन्छन् । यो एकदमै थोरै क्यालोरी भएको पेय पदार्थ पनि हो ।
दिनहुँ नरिवलको पानी पिउँदा पुरुषहरुलाई कैयौं प्रकारका फाइदाहरु प्राप्त हुन्छन् । दिनहुँ नरिवल पानीको सेवन गर्नाले पुरुषहरुमा रगतको प्रवाह बढ्छ जसले गर्दा यौन स्वास्थ्य राम्रो हुन्छ । साथै यसले युटिआई तथा प्रोस्टेटको समस्या हुने खतरा पनि कम हुन्छ ।
नरिवल पानीमा पोटाशियम र म्याग्नेशियम सहित अन्य पोषक तत्वहरु हुन्छन् जसले मांसपेशी फर्किने, दुख्ने समस्या कम गर्न सहयोग गर्छ ।
नरिवल पानी ऊर्जाको राम्रो स्रोत हो । यसमा कार्बोहाइड्रेट पनि सही मात्रामा पाइन्छ । नरिवल पानीमा इलेक्ट्रोलाइट्स हुन्छ । जसले गर्दा यो व्यायाम गर्नुभन्दा पहिला पिउन पनि एकदमै फाइदाजनक हुन्छ ।
यसले पुरुषहरुमा रगत प्रवाहलाई नियन्त्रण गर्छ । जसले गर्दा रक्तचाप नियन्त्रित हुन्छ साथै मुटु सम्बन्धी समस्याहरु पनि टाढा जान्छन् ।
Facebook Comment
Comment