काठमाडौं। देशमा आर्थिक संकट गहिरिँदै गएको सन्दर्भमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज आकस्मिक पत्रकार सम्मेलन गर्ने भएका छन्।
सडकमा बैंक ब्याज र लघुवित्त विरोधी आन्दोलन चलिरहेको र बैंक तथा उद्योगी व्यवसायीबीच सम्बन्ध बिग्रँदै गएको सन्दर्भमा अधिकारीले यो आकस्मिक पत्रकार सम्मेलन गर्न लागेका हुन्।
गभर्नर अधिकारीले पत्रकार सम्मेलनमार्फत केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्ने बुझिएको छ। सोमबार प्रधानमन्त्रीले बैंक सञ्चालकसँग भेट गरे लगत्तै आज राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्नुले ब्याजदर घटाउने नीति लिन अपेक्षासमेत गरिएको छ। यद्यपि, पत्रकार सम्मेलनको विषय खुलाइएको छैन।
राष्ट्रबैंक स्रोतका अनुसार पत्रकार सम्मेलनमा गत असार मसान्तदेखि यताको वित्तीय रिपोर्ट सार्वजनिक हुनेछ । योसँगै गभर्नर अधिकारीले आर्थिक सुधारका केही नयाँ रणनीति पनि सार्वजनिक गर्न सक्ने बुझिएको छ।
Facebook Comment
Comment