कतिबेला गर्ने पार्टनरसँग यौनसम्बन्धका कुरा

नेपालभ्युज

कतिबेला गर्ने पार्टनरसँग यौनसम्बन्धका कुरा

एजेन्सी । धेरैजसो जोडीहरु यौनसम्बन्ध राख्न त पछि पर्दैनन् तर यसबारेमा कुरा गर्ने भन्दा लाज अनुभूति गर्छन् । धेरै जोडी आपसमा यौनसम्बन्ध बारे कुरा नै गर्दैनन् जसले गर्दा सम्बन्धमा सम्पूर्ण खुशी प्राप्त हुँदैन ।

आज हामी यहाँ तपाईंले कतिबेला आफ्नो पार्टनरसँग यौनसम्बन्धका बारेमा कुराकानी गर्न उचित हुन्छ भनेर बताउनेछौं ।

  • तपाईंले यस्तो समय रोज्ने गर्नुस् जतिबेला तपाईंको पार्टनरको मुड खराब नहोस् ।
  • यौनसम्बन्धका बारेमा कुरा गर्दा तपाईं लजाउनु वा अनकनाउने नगर्नुहोस् खुलेर यसबारेमा कुरा गर्नुहोस् ।
  • यस्तो कुरामा छलफल गर्दा एकअर्कालाई दोष लगाउने काम गर्नु हुँदैन ।
  • यस विषयमा एक दिनमै सबै कुराकानी हुँदैन । त्यसैले अलि अलि गरेर कुरालाई अगाडि बढाउनु पर्दछ । यसलाई रमाइलो र रोचक तरिकाले अगाडि बढाउन सकिन्छ ।
  • यौनसम्बन्धका बारेमा कुरा गर्नाले तपाईंहरुको सम्बन्ध अझै बलियो हुन्छ साथै सम्बन्धमा जिम्मेवारीबोध पनि आउँछ ।
  • यस्ता कुराले तपाईंले आफ्नो रुचि र समस्याका बारेमा जीवनसाथीसँग खुलेर कुरा गर्ने बानी बस्छ ।
  • जसरी यौन सम्बन्ध शरीरका लागि आवश्यक छ त्यसरी यो स्वास्थ्यसँग जोडिएको विषय पनि भएकाले छलफल गर्नु पनि एकदमै आवश्यक हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved