शरीर खोपेर ट्याटु मोह पूरा, हेरौँ १० फोटोमा

यस्तै ट्याटु खोपाउनेहरूको जमातमा बढ्दैछ। शोख, देखासिकी र लहडमा ट्याटु खोपाउनेहरूको माेह देखियो नेपाल ट्याटु प्रालिको आयोजनामा भएको १० औँ नेपाल ट्याटु कन्भेन्सनमा पनि।

शरीर खोपेर ट्याटु मोह पूरा, हेरौँ १० फोटोमा

काठमाडौं। आफूलाई रगताम्मे बनाएर ट्याटु खोप्न कहाँ सहज छ र ? ट्याटु बनाएपछि जति आकर्षण देखिन्छ, त्यो बनाउँदाको पीडा वा दुखाइ त खोप्नेलाई मात्र थाहा हुन्छ। छालामा कुनै तिखो वस्तुले पटकपटक खोपिरहँदा दुख्छ नै तर, त्यसपछिको शोख पुरा भएको आनन्द बेग्लै हुन्छ।

यसैले पनि ट्याटु खोपाउनेहरूको जमातमा बढ्दैछ। शोख, देखासिकी र लहडमा ट्याटु खोपाउनेहरूको माेह देखियो नेपाल ट्याटु प्रालिको आयोजनामा भएको १० औँ नेपाल ट्याटु कन्भेन्सनमा पनि।

ललितपुरको हेरिटेज गार्डेनमा भएको कन्भेन्सनमा अमेरिका, अस्ट्रेलिया, जर्मनी, थाइल्यान्ड, स्पेन, भारतलगायत देशबाट २०० जना ट्याटु आर्टिस्ट आएका थिए।

ट्याटु खोप्न राखिएको ९० वटा बुथमा युवाहरूको भीड थियो। शरीरका विभिन्न अङ्गमा ट्याटु खोप्न र ट्याटुबारे बुझ्न यहाँ युवाको घुइँचो लागेको छ। कन्भेन्सन आइतबार सकिएको छ।

हेरौँ,  फोटोहरू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved