मोटाउने तीन जुस

नेपालभ्युज

मोटाउने तीन जुस

एजेन्सी । कैयौं व्यक्ति मोटोपनको समस्याले ग्रसित छन् भने कतिपय व्यक्ति धेरै पातलो भएर पनि समस्या परेका छन् । कतिपय व्यक्ति जति खाँदा पनि कहिल्यै मोटाउँदैन् ।

त्यस्ताका लागि हामीले आज तीन वटा जुस बताउनेछौं जसले तौल बढ्दै जानेछ ।

१.बनाना ड्रिंक

तौल बढाउनका लागि केरा सबैभन्दा राम्रो उपाय हुन सक्छ । यो खाँदा स्वादिलो पनि हुन्छ र केराको सेकलाई तपाईं घरमै सजिलै बनाउन पनि सक्नुहुन्छ ।

तौल बढाउन दिनहुँ दुई वटा सेक बनाएर पिउनु पर्दछ । केराको सेक बनाउन सके चिनीको प्रयोग नगर्नुहोला । त्यसको ठाउँमा महको प्रयोग गर्न सकिन्छ ।

२. एवोकाडो जुस

एवोकाडोको जुस पनि बनाउन सकिन्छ । यसलाई बनाउने तरिका पनि सजिलो छ । यदि तपाईं कम तौल भएर समस्यामा हुनुहुन्छ भने दिनहुँ एवोकाडोको जुस पिउने गर्नुहोस् । यसलाई तपाईंले तीन महिनासम्म लगातार पिउनुपर्ने हुन्छ ।

३. खजुर ड्रिंक

तौल बढाउनका लागि खजुर पनि राम्रो हुन्छ । खजुरमा फाइबर, काब्र्स, क्याल्सियम, प्रोटिन, भिटामिन जस्ता पौष्टिक तत्व पाइन्छन् । जसले शरीरलाई स्वस्थ तथा मोटो हुन सहयोग गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved