प्रसाईंसँग आरोपी सांसद श्रेष्ठको संवाद : ‘डा. गोविन्द केसी कुन दिन मर्लान् जस्तै भएको छ’

नेपालभ्युज

प्रसाईंसँग आरोपी सांसद श्रेष्ठको संवाद : ‘डा. गोविन्द केसी कुन दिन मर्लान् जस्तै भएको छ’

काठमाडौं। दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ सार्वजनिक भएपछि त्यही आरोपमा निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले डा.गोविन्द केसीविरुद्ध पनि अस्वाभाविक अभिव्यक्ति दिएको खुलेको छ।

सांसद श्रेष्ठले डा.गोविन्द केसीकै कारण आफूले देशमा एमबीबीएस पढ्न नपाएको भन्दै उनी ‘कुन दिन मर्लान्’ जस्तै भएको भनेका छन्। प्रसाईंसँगको टेलिफोन वार्तामा श्रेष्ठले भनेका छन्–‘मलाई त यो गोविन्द केसी देखेर दिक्क लागेको छ। कुन दिन मर्लाजस्तो लाग्छ। म देशमा एमबीबीएस पढ्न नपाएको पनि तिनले गर्दा हो।’

त्यसको जवाफमा दुर्गा प्रसाईंले पनि भनेका छन्–‘मैले मेरो छोरीलाई एमडी पढ्न जापान पठाउनुपर्‍यो । तीन करोड लाग्यो एमडी गर्नका लागि।’

दुर्गा प्रसाईंसँग ‘नमस्ते के छ हालखबर ?’ बाट सुरु भएको उनीहरू दुईको संवादमा पहिले फोन प्रसाईंले गरेको बुझिन्छ। तर, त्योभन्दा अगाडि पनि उनीहरूको बीचमा कसैमार्फत कुराकानी भएको अड्कल गर्न सकिने देखिन्छ।

संवादमा दुर्गा प्रसाईले राति आफ्नो पनि फोन अफ गरेको । फोन अफ भनेको मोबाइल चार्जमा राखेर सुतेको भन्दै अब खासचाहिँ कुरा के हो ? मलाई अलिकति भन्नुस् त डाक्टर साप भनेर कुरा सुरु गरेका छन्।

त्यसपछि सांसद श्रेष्ठले भनेका छन्–‘स्वास्थ्य हामीले पाउने भयौैं । पार्टीले सहयोग गर भन्यो । कोर टिम छ दुई–तीन जनाको । उनीहरूले भनिरहेका छन् । मलाई साढे दुई करोड जति चाहियो भन्दै थिए हिजो । मेरो पक्काचाहिँ पक्का भयो । आज मैले फिक्स गर्नुछ के दाइ, सर।’

उनीहरूको संवादमा प्रसाईंले ए, ए मात्रै भन्दै गएका छन्। त्यसपछि सांसद श्रेष्ठले आफू आर्थिकरूपमा त्यस्तो बलियो छैन भनेर थपेका छन्–‘मन्त्री पनि बन्नुपर्‍यो अब । धोई पखाली गरी स्वास्थ्य क्षेत्र सफा गर्नुछ। मैले धेरै गर्छु भनेर सोच गरेको छु।’

त्यसपछि दुर्गा प्रसाईंले भनेका छन्–‘मैले तपाईंलाई एउटा कुरा बुझ्न खोजेको । मैले त राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर तोसिमा कार्की मात्र छिन् भनेर मात्र बुझेको थिएँ त ।’

त्यसपछि सांसद श्रेष्ठले भनेका छन्–‘होइन। हामी तीनजना छौँ, सर तीनजना ।’
प्रसाईंले को–को भनेर सोधेपछी उनले म भएँ । तोसिमा अनि चन्दा कार्की भनेर जवाफ दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved