बालेनको फेसबुक हेरेपछि सिंहदरबारको फोहोर उठाइएन

नेपालभ्युज

बालेनको फेसबुक हेरेपछि सिंहदरबारको फोहोर उठाइएन

काठमाडों। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बलेन)ले सिंहदरबारको फोहोर नउठाउने भनेपछि आइतबारदेखि त्यहाँको फोहोर उठेको छैन।

मेयर साहले दुई दिनअघि सामाजिक सञ्जालमा भारत र चीनको निर्देशनमा बनेको सरकार बस्ने सिंहदरबारको फोहोर नउठाउने चेतावनी दिएका थिए। उनले महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको गुनासोसमेत गरेका थिए।

मेयर साहले फोहोर नउठाउने कुरा सामाजिक सञ्जाल मार्फत घोषणा गरेपछि त्यसको विरोध र समर्थनमा धेरैले कमेन्ट गरेका थिए । मेयरको फेसबुकलाई नै आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved