एजेन्सी । साना बच्चाले माटो खाएको तपाईंले देख्नुभएको होला । बच्चाको यस्तो बानीले प्रायः अभिभावकलाई सताइरहेको हुन्छ ।
तर तपाईंले जान्ने प्रयास गर्नुभएको छ बच्चाले किन माटो खान्छन् ? आज हामी यसबारेमा बताउनेछौं ।
पीआइसीए डिसअर्डर
बढ्दै गरेका बच्चालाई खान नहुने चिज पनि मुखमा हाल्ने बानी सुरु हुन थाल्छ । यस्तो पीआइसीए डिसअर्डरको कारणले हुने गर्दछ ।
आइरन र क्याल्सियमको कमी
बच्चाहरुको माटो खाने बानी शरीरमा आइरन र क्याल्सियम जस्ता पोषक तत्वको कमीले पनि हुन सक्छ ।
जिंकको कमी
बच्चामा कतिपय विशेष प्रकारका पौष्टिक तत्व जस्तै आइरन जिंक आदिको कमीले पनि माटो जस्ता चीज खाने इच्छा लाग्दछ ।
अटिज्म
कतिपय बच्चामा माटो खाने बानी अटिज्म समस्याका कारण पनि हुन सक्छ । यस रोगमा बच्चाको मानसिक विकास पनि राम्रोसँग हुन पाउँदैन ।
माटो खान छुटाउने तरिका
माटो खान छुटाउने सबैभन्दा राम्रो तरिका ल्वांग खुवाउनु हो । बच्चालाई दिनको तीन पटक यसको पानी पिउन दिने गर्नुहोस् ।
केरा र मह
माटो खाने बच्चालाई केरा र मह मिसाएर खान दिँदा पनि बानी हट्दै जान्छ ।
ज्वानोको पाउडर
रातमा सुत्नेबेला मनतातो पानीसँग आधा चम्चा ज्वानोको धुलो दिनुहोस् । यसले पनि माटो खाने बानी छुटाउन सहयोग पुग्छ ।
Facebook Comment
Comment