स्वर्णिमलाई डा.शेखरले भने–‘अवसरवादी’

नेपालभ्युज

स्वर्णिमलाई डा.शेखरले भने–‘अवसरवादी’

काठमाडौं। नेपाली काँग्रेसका नेता एवं सांसद डा.शेखर कोईरालाले स्वर्णिम वाग्ले जस्तै अवसरवादीहरुबाट जोगिन आग्रह गरेका छन्।

शुक्रबारदेखि काठमाडौंमा शुरुभएको नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.शेखरले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार रहेका डा.वाग्लेप्रति कटाक्ष गरे।

उनले अवसरवादीहरुबाट आफू सावधान भइसकेको र सबै नेताकार्यकर्ता पनि सावधान हुनुपर्नेमा जोड दिए।

‘सावधान है एउटा कुरा, अवसरवादीहरुबाट जोगिनुहोला’ उनले भने‘अवसरवादीहरुबाट म त सावधान भइसके । तपाईहरु पनि सवधान हुनुस्, मैले भन्ने यति हो।’

कांग्रेस छाडेर रास्वपा प्रवेश गर्नु अगाडी डा.वाग्ले पार्टीभित्र शेखर कोईराला पक्षमा खुलेका थिए। उनले पार्टी छाड्ने दिन पनि कोईराला सहित महामन्त्रीद्धय विश्वप्रकाश शर्मा र गगन थापा सहित गोविन्द पोखरेललाई मात्रै मोबाईल मेसेज गर्दै सभापति शेरशहादुर देउवा र उनकी पत्नी आरजु देउवाका कारण पार्टी छाडेको बताएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved