चार डीआईजी भए एआईजीमा बढुवा, को-को परे ?

नेपालभ्युज

चार डीआईजी भए एआईजीमा बढुवा, को-को परे ?

काठामाडौं। सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार निर्णय गरेको हो। एआईजीमा बढुवा हुनेमा डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ रहेका छन्।

गत असारमा १७ जना एकसाथ डिआइजीमा बढुवा भएका थिए। ती मध्ये ८ जना एआईजी बनेका हुन् भने सोही बेला डिआइजी भएका वसन्तबहादुर कुँवर आइजिपी भएका छन्।

यसअघि टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजी भएका थिए। उनीहरूको पदस्थापन पनि भइसकेको छ। आज बढुवा भएकाहरू कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विभाग र प्रदेश समन्वय विभागमा पदस्थापन हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved