निर्वाचन आयोगद्वारा उजुरी खारेजपछि रविलाई राहत

नेपालभ्युज

निर्वाचन आयोगद्वारा उजुरी खारेजपछि रविलाई राहत

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन कार्यालयमा परेका ३ वटै उजुरी खारेज भएको छ ।

आयोगको यो निर्णयसँगै वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी कायम भएको छ ।

लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ । लामिछानेविरुद्ध अदालतमा परेको मुद्दाको फैसला भने आउन बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved