उद्योग वाणिज्य महासंघ चुनाव : अञ्जन श्रेष्ठले सार्वजनिक गरे वाचापत्र

नेपालभ्युज

उद्योग वाणिज्य महासंघ चुनाव : अञ्जन श्रेष्ठले सार्वजनिक गरे वाचापत्र

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को यहि चैत २९ गते हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अञ्जन श्रेष्ठ तथा उनको टिमले आज बुधबार औपचारिकरूपमा टिम घोषणा गर्दै आफ्नो समूहको वाचापत्र सार्वजनिक गरेको छ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठसहितको टिमले अरण्य होटल, हात्तीसारमा आयोजित घोषणासभामार्फत आफ्नो टिमका साथमा वाचापत्र सार्वजनिक गरेको हो।

वाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको उनले बताए। घोषणा कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले स्थानीय उत्पादनहरूको प्रवर्द्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने बताए ।

महासंघलाई नयाँ उचाइमा पुर्‍याउन र संस्थाको व्यवसायिक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारिता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनीषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved