रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश आजै आउने

नेपालभ्युज

रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सकिएको छ । आदेश आजै आउने छ।

राहदानी दुरुपयोगमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध युवराज सफलले रिट दिएका थिए। रास्वपा सभापति रवि उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवार हुन्।

न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ सकिएकाले आजै आदेश आउने तयारी छ । सुनुवाइको क्रममा रविका वकिलहरूले संवैधानिक इजालासमा अमेरिकी नागरिकता त्यागिसकेको स्विकार गरिसकेकाले अहिले यो विषयमा कुनै विवाद नरहेको जिकिर गरेका छन् ।

तर, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रविलाई उन्मुक्ति दिन खाजिएको विषय गम्भीर रहेको तर्क गरेका थिए। उनले राहदानी दुरुपयोगको मुद्दामा महान्यायाधिवक्ताले हेर्ने नभै अदालतले हेर्ने मुद्दा भएको जिकिर गरे।

उता, चितवनको निर्वाचन कार्यालयमा परेको उजुरीमा रविले ६ पृष्ठको स्पष्टीकरण दिएका छन्।

बुधबार मध्याह्न मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा रविले स्पष्टीकरण बुझाएका हुन्। रविको स्पष्टीकरण अध्ययनपछि आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved