दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दुई दिनभित्र सरकारले शतप्रतिशत पूर्णता पाउने बताएका छन्।

बुधबार नेकपा (माओवादी केन्द्र) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सरकारले लगभग पूर्णता पाइसकेको र अबको दुई दिन भित्रमा पूर्णरूपमा सरकार विस्तार हुने उनले बताए।

अब सरकारको ध्यान पूर्णरूपमा सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुने भन्दै प्रधानमन्त्री प्रचण्डले अबको बजेटमा गुणात्मक रूपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाए ।

जनताले फरक अनुभूति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने उनको भनाइ छ ।

‘अहिले सरकारले करिब-करिब पूर्णता पाएको छ । आज भोलि, शतप्रतिशत नै पूर्णता प्राप्त गर्छ । हाम्रो सबै ध्यान अब सरकारको नीति बनाउने र बजेट निर्माणमा नै केन्द्रित हुनेछ । कुन बाटो जाने भन्नेमा केन्द्रित हुनेछ । केही गुणात्मक, जनताले केही राहत पाउनेगरी यसअघिको पनि बजेट निर्माण गर्दा त्यो किसिमले गर्नु भनेको थिएँ । त्यो महशुस गराउन नसके सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने खतरा छ । यसमा म गम्भीर छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

आफ्नो कार्यकालमा जनतामा आशा जगाउने अधिकतम काम गर्ने प्रयास गर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved