नेविसंघ तदर्थ समितिलाई पूर्णता दिन सहमति

नेपालभ्युज

नेविसंघ तदर्थ समितिलाई पूर्णता दिन सहमति

काठमाडौं ।  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा मंगलबार पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दश दिनभित्र दुजाङ शेर्पा नेतृत्वको नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए ।

नेविसङ्घको केन्द्रीय महाधिवेशन चाँडो हुनुपर्ने मागसहित एक हप्तादेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसङ्घ बृहत् सङ्घर्ष समितिको नाममा अनसन भइरहेको थियो । महाधिवेशन गर्ने, तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेसँगै उक्त अनशन स्थगित भएको सचिव केसीले बताए ।

उक्त सहमतिअनुसार जिल्लामा देखिएको नेविसङ्घको विवाद पार्टीको नेतृत्व र पदाधिकारीका बीचमा छलफल गरी समाधान गर्ने सहमति समेत भएको छ । उक्त सहमतिमा नेविसङ्घका अध्यक्ष शेर्पा, नेविसङ्घ बृहत् सङ्घर्ष समितिका उज्ज्वल बज्राचार्य र कांग्रेस केन्द्रीय कार्यालयका सचिव केसीले हस्ताक्षर गरेका  छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved