एजेन्सी । यदि तपाईंका नयाँ भाँडा जलेका छन् भने त्यसलाई सफा गर्न प्याजको प्रयोग गर्न सकिन्छ । बेंकिग सोडा र प्याजको सहयोगले जलेको भाँडालाई सफा गर्न सकिन्छ ।
विधि
- एक चम्चा बेकिंग सोडा जलेको भाँडामा राख्नुहोस् र ब्रस वा जालोको सहयोगले घोट्नुहोस् ।
- त्यसपछि प्याजलाई बिचबाट काट्नुहोस् र त्यसले भाँडोलाई घोट्नुहोस् ।
- अब त्यसमा तातो पानी राखेर १५ मिनेट यत्तिकै छोड्ने ।
- त्यसपछि भाँडा धुने जालोको सहयोगले धुनुहोस् ।
यस्तै भेनेगर र प्याजलाई मिसाएर पनि जलेको भाँडालाई धुन सकिन्छ । त्यसका लागि आधा कप भेनेगर र प्याजको पानीलाई मिसाएर जलेको भाँडा राख्ने । १० मिनेटपछि यसलाई ग्यासमा पकाउने । त्यसपछि यसलाई घोटेर सफा गर्दा भाँडा पहिला जस्तै चम्किलो हुन्छ ।
त्यस्तै प्याजको बोक्राको सहयोगले पनि भाँडा धुन सकिन्छ । त्यसका लागि तपाईं ४–५ वटा प्याजका बोक्रालाई जलेको भाँडामा पानी सहित राख्नुहोस् । अब यसलाई १५ मिनेटसम्म उमाल्नुहोस् र भाँडा धुने जसरी धुनुहोस् । भाँडा सजिलै चम्किन्छ ।
Facebook Comment
Comment