मोटो गालालाई पातलो बनाउने योग

नेपालभ्युज

मोटो गालालाई पातलो बनाउने योग

एजेन्सी । त्यसो त अनुहारको बोसोबाट छुट्कारा पाउन त्यति सजिलो छैन । जो महिलाको शरीरको मासु धेरै हुन्छ उनीहरुको स्वतः अनुहारमा पनि बोसो बन्छ । जसले गर्दा अनुहार तथा गाला मोटो देखिन्छ ।

शरीरको तौल कम हुनासाथ अनुहारको बोसो पनि कम हुँदै जान्छ । अनुहारको व्यायाम यसको राम्रो समाधान हो ।

आज हामी अनुहारमा गरिने ३ जटा व्यायाम बारे बताउनेछौं । जसले मुहारमा जमेको बोसो घटाउनेछ ।

पहिलो व्यायाम

  • अक्कुप्रेसर गर्न ढाडलाई सीधा गरेर बस्नुहोस् ।
  • १० सेकेन्डका लागि मुख तथा आँखालाई बन्द गर्नुहोस् । त्यसपछि केहीबेर आराम गर्नुहोस् ।
  • यसले रक्तसञ्चार राम्रो बनाउँछ जसले गर्दा अनुहारको बोसो कम हुन्छ र छाला चम्किलो पनि बन्छ ।
  • जतिबेला तपाईंको समय हुन्छ त्यतिबेला यो व्यायाम गर्न सकिन्छ ।

दोस्रो व्यायाम

  • यस व्यायामलाई गर्न तपाईं सिधा बस्नुहोस् ।
  • टाउकोलाई पछाडितिर झुकाउँदै आकासतिर हेर्नुहोस् ।
  • त्यसपछि मुख खोल्दै घाँटीको छालामा जोड पार्ने गरी तल्लो ओँठलाई माथितिर लग्नुहोस् ।
  • यस्तो सात देखि आठ पटक गर्नुहोस् ।

तेस्रो व्यायाम

  • यो व्यायाम गरेर अनुहारको रक्तसञ्चार बढाएर अनुहारको आकार नै परिवर्तन गर्न सक्नुहुन्छ ।
  • यसलाई गर्न ढाड सिधा गरेर बस्नुहोस् ।
  • आफ्नो मुखभरि हावा भर्नुहोस् ।
  • १० देखि १५ सेकेन्ड मुखमा हावा रोक्नुहोस् ।
  • त्यतिबेला आँखालाई पनि खोल्नुहोस् ।
  • यस्तो कमसेकम तीन पटक गर्नुहोस् ।

व्यायामका फाइदा

जसरी शारीरिक व्यायाम गर्दा सम्पूर्ण शरीरमा लाभ प्राप्त गर्न सकिन्छ । त्यसरी नै यो व्यायामले अनुहारलाई सुन्दर बनाउन मद्दत गर्छ । यसका विभिन्न फाइदा छन् ।

अनुहारको बनावटमा सुधार आउन सक्छ साथै बुढोपनलाई रोकेर छालामा सुधार आउँछ ।

अनुहारको व्यायामलाई आफ्नो दैनिकीमा समावेश गर्दा अनुहारको बोसो कम हुन्छ छाला टाइट हुन्छ जसले गर्दा अनुहार चम्किलो तथा पातलो देखिन्छ ।

यसले अनुहारको छालामा रक्तसञ्चारलाई राम्रो बनाउने काम गर्छ । जसले गर्दा छालाका अन्य समस्या पनि समाधान हुन्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved