कपाल धुने तथा सुकाउने सही तरिका

नेपालभ्युज

कपाल धुने तथा सुकाउने सही तरिका

एजेन्सी । सुन्दर कपाल सबैको इच्छा हुन्छ । जसका लागि राम्रो हेयर केयर रुटिन अवलम्बन गर्नुपर्ने हुन्छ ।

हप्तामा दुई वा तीनपटक त हामी कपाल अवस्य धुन्छौं । तर यसलाई धुने र सुकाउने पनि सही तरिका छ । जसलाई अपनाउनुभयो भने तपाईंको कपालका धेरै समस्या समाधान हुनेछन् ।

कपाल धुने तरिका

  • सबैभन्दा पहिला कपालको प्रकार अनुसार स्याम्पुको छनोट गर्नु पर्दछ ।
  • जहिले पनि माइल्ड खालको स्याम्पुको प्रयोग नै उत्तम हुन्छ ।
  • चिल्लो कपाल हप्तामा तीनपटक धुनुपर्छ भने सुख्खा कपाल दुई पटक मात्र धुनुपर्छ ।

कपाल धुँदा ध्यान दिने कुरा

  • नुहाएको बेला जहिले पनि हल्का हातको प्रेसरले कपाल धुनुपर्दछ ।
  • कपाल धोइसकेपछि छिटो सुकाउनका लागि टाबेलले जोडसँग रगड्नु हुँदैन ।
  • चिसो कपालमा हेयर ब्रस वा काइयोको प्रयोग गर्नु हुँदैन ।
  • सकेसम्म कपाललाई प्राकृतिक रुपमै सुकाउने कोसिस गर्नुपर्दछ ।

कपाल धुनुपूर्व गर्ने काम

सामान्य कपाल धुनुभन्दा अघिल्लो रात तपाईं हल्का हातले तेल मालिस गर्नुहोस् । यसले कपालमा पोषण दिने काम गर्छ ।

त्यस्तै कपाल एकदमै सुख्खा छ भने नुहाउनु भन्दा ३० मिनेट अगाडि कपालमा दही लगाउन सक्नुहुन्छ । यसले कपालमा चमक ल्याउनुका साथै मोइस्चराइजको काम गर्छ ।

एकदमै चिल्लो कपालमा तपाईं अन्डाको सेतो भाग लगाउन सक्नुहुन्छ । यसले कपालको गहिराईमा गएर सफा गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved