पत्रकारमैत्री कानुन निर्माणमा सक्दो सहयोग गर्छु : सभामुख घिमिरे

नेपालभ्युज

पत्रकारमैत्री कानुन निर्माणमा सक्दो सहयोग गर्छु : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैंत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लव, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । सभामुख घिमिरेले जनताको सुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताए ।

उनले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पारे । सभामुख घिमिरेले भने, ‘हामीले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तनहरु गरेका छौं । जनता आज यो परिवर्तनबाट आशावादी भएर बसेको बेलामा केही चुनौतिको कारणले समस्या उत्पन्न भएको छ ।’

उनले अगाडी थपे, ‘अहिले राजनीतिक क्षेत्रमा परिवर्तन भएजस्तै हाम्रो नेपालमा पनि मिडियाको क्षेत्रमा, सञ्चारको क्षेत्रमा ठूलो प्रगति  र परिवर्तन भएको छ । यसको भूमिका अव देश निर्माणमा, आर्थिक क्षेत्रको उन्नति गर्ने कुरामा, प्रणालीलाई विकास गर्ने कुरामा कसरी यसलाई बनाउन सकिन्छ ? मलाई लाग्छ, यो चुनौतिलाई सामना गर्नका लागि रिपोर्टर्स क्लवको यो रजत जयन्ति सार्थक हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

सभामुख घिमिरेले मुलुकको आर्थिक उन्नतिको काममा रिपोर्टर्स क्लव नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved