नवनियुक्त मन्त्रीहरूले लिए शपथ

नवनियुक्त मन्त्रीहरूले शपथ ग्रणह गरेका छन् । मन्त्रीहरूले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण गरेका हुन् । 

नेपालभ्युज

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले शपथ ग्रणह गरेका छन् । मन्त्रीहरूले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ ग्रहण गरेका हुन् ।

मन्त्री बन्नेहरूमा कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ सहरी विकासमन्त्री छन् ।

त्यस्तै माओवादी केन्द्रबाट शक्ति बस्नेत मन्त्री बनेका छन् । उनी ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् ।

एकीकृत समाजवादीबाट डा. वेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकासमन्त्री हुँदा प्रकाश ज्वालाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्तै जनता समाजवादीका अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।

लोकतान्त्रिक समाजवादीका शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दा नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ चौधरीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

नेपाल समाजवादीका महिन्द्र राय यादवलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved