आलोचनाको घेरामा ‘आदिपुरुष’ : रावणको लुक्स र रामको दाह्रीको ट्रोल

‘आदिपुरुष’ बलिउडको अहिलेसम्मकै महँगो फिल्म हो। फिल्मको बजेट ५ सय करोड छ। प्रभाससँगै कृति सेनन र सन्नी सिंह पनि फिल्मको महत्त्वपूर्ण भूमिकामा छन्।

नेपालभ्युज

आलोचनाको घेरामा ‘आदिपुरुष’ : रावणको लुक्स र रामको दाह्रीको ट्रोल

एजेन्सी। ‘आदिपुरुष’ बलिउडको अहिलेसम्मकै महँगो फिल्म हो। फिल्मको बजेट ५ सय करोड छ। प्रभाससँगै कृति सेनन र सन्नी सिंह पनि फिल्मको महत्त्वपूर्ण भूमिकामा छन्।

यद्यपि यो बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’मा हनुमान र श्रीरामको दाह्रीलाई लिएर आलोचना भएको छ। फिल्ममा प्रयोग भएको भिएफएक्सका कारण धेरै पनि टिजर र नयाँ पोष्टरलाई ट्रोल गरिएको छ।

सामाजिक सञ्जालमा ‘रावण’ को लुक्सलाई लिएर निकै ट्रोल गरिएको छ। खानको रावण अवतारलाई लिएर भारतमा विभिन्न हिन्दु सङ्गठनले विरोध गरेका छन्।

सैफ अली खानलाई रावण, हनुमान, भगवान् राम र सीताको भूमिकामा अभद्र तरिकाले देखाइएको समेत आरोप लागेको हो। त्यही कारण फिल्ममा ठुलो फेरबदल गर्न निर्माण पक्षले समय लिएकाले रिलिज डेट परिवर्तन गर्न लागेको हुनसक्ने अनुमान छ। यो फिल्म १६ जुन २०२३ मा रिलिज हुने भनिएको छ।

बिहीबार देशभर रामनवमी पर्व मनाइँदै गरेको अवस्थामा भारतमा रामायणको कथामा बनेको फिल्म ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक भएको थियो। फिल्मलाई ओम राउतले निर्देशन गरेका हुन्। यसअघि ओमले तानाजी जस्ता सुपरहिट फिल्म बनाएका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved