देशभरको मौसम खराब, कतै चट्याङसहित वर्षा, कतै दिउँसै अँध्यारो

पश्चिमी वायुका कारण देशभरको मौसममा खराबी आएको छ। बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको छ। 

नेपाल भ्युज

देशभरको मौसम खराब, कतै चट्याङसहित वर्षा, कतै दिउँसै अँध्यारो

काठमाडौं। पश्चिमी वायुका कारण देशभरको मौसममा खराबी आएको छ। बिहीबार साँझ पश्चिम नेपाल भित्रिएको पश्चिमी वायु देशभर फैलिने क्रममा हावाहुरीसहित वर्षा भइरहेको छ।

पश्चिमी वायु र स्थानीय वायुका कारण कर्णाली र लुम्बिनीमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोेविन्दकुमार झाले बताए। काठमाडौंमा पनि चट्याङसहित वर्षा सुरु भएको छ।

भैरहवा क्षेत्रमा हावाहुरीका कारण दिउँसै अँध्यारो भएको छ। काठमाडौंमा पनि हावाहुरी चलिरहेको छ।

पश्चिमी वायुको प्रभाव आज र भोलि रहने छ। आइतबारबाट सुधार हुने आकलन छ। प्रिमनसुनको सिजन भएकाले छिनमै मौसम खराब हुने, हावाहुरी, चट्याङसहित वर्षा हुने हुने जनाइएको छ।

भैरहवा क्षेत्रमा हावाहुरीका कारण दिउँसै अँध्यारो

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved