मन्त्रिपरिषद् विस्तार आंशिक मात्रै

नेपाल भ्युज

मन्त्रिपरिषद् विस्तार आंशिक मात्रै

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै सरकार विस्तार गर्ने र ३ बजे शपथका लागि राष्ट्रपति कार्यालय जाने भनिरहेका बेला मन्त्री र मन्त्रालयमा कुरा नमिल्दा कांग्रेसमा रडाँको सुरु भएको छ।

नेपाली कांग्रेसले ८ मन्त्रालय पाएको भए पनि तत्काल चार जनालाई मात्र मन्त्री बनाउने भएको छ। पार्टीमा गुटगत भागबण्डा नमिलेपछि सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चार जनाको मात्र नाम दिएका हुन् ।

स्रोतका अनुसार उपसभाति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने छन् भने प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री हुने पक्का भएको छ। यसैगरी, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री बन्ने पक्का भएको कांग्रेस स्रोतको भनाइ छ।

उता पार्टीमा डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक हुनुपर्ने भन्दै सभापति देउवा समक्ष नाम दिएको छैन। शेखर समूहले ३ मन्त्री पाउनुपर्ने अडान राखेको छ।

यसैगरी, आजै मन्त्री नियुक्त हुनेमा माओवादीबाट शक्ति बस्नेत,लोकतान्त्रिक समाजवादीबाट शरदसिंह भण्डारी, जसपाबाट अशोक राई, नेपाल समाजवादी पार्टीबाट महेन्द्र राय यादव छन्।

यसैगरी, समाजवादीबाट डा.वेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्नेछन् भने नागरिक उन्मुक्तिबाट अध्यक्ष रन्जिता श्रेष्ठ पनि मन्त्री हुनेछन्।

स्रोतका अनुसार बस्नेत ऊर्जा, भण्डारी श्रम, राई शिक्षा, श्रेष्ठले भूमि व्यवस्था र यादवले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाउनेछन्। यसैगरी, भुसालले कृषि र ज्वालाले भौतिक मन्त्रालय सम्हाल्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved