जसपाका अशोक राईले शिक्षा र वन मन्त्रालय सम्हाल्ने

अन्य २ मन्त्रालयहरूमा प्रदीय यादव र राजकिशोर यादवलाई पठाउनेगरी छलफल भइरहेको नेताहरूले बताएका छन् ।

नेपालभ्युज

जसपाका अशोक राईले शिक्षा र वन मन्त्रालय सम्हाल्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष अशोक राईले शिक्षा र वन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

जसपा नेता राजेन्द्र श्रेष्ठकाअनुसार राईले विज्ञान, शिक्षा तथा प्रविधि र वन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने पक्का भएको हो । ‘पार्टीले उहाँलाई दुईवटै मन्त्रालयको जिम्मेवारी दिएर पठाएको छ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जसपाको भाग २ मन्त्रालय पर्ने बताएका छन् । तर, जसपाले ३ मन्त्रालयको अडान छाडेको छैन ।

पाउने २ मन्त्रालय मात्रै र सरकारमा जानैपर्ने अडानमा रहेका ३ नेता हुँदा समस्या भएको स्रोतले बताएको छ ।

मन्त्री हुन खोज्नेहरूमा प्रदीय यादव र राजकिशोर यादव रहेको स्रोतले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved