दुई मन्त्रीमा शेखर समूह असन्तुष्ट

नेपालभ्युज

दुई मन्त्रीमा शेखर समूह असन्तुष्ट

काठमाडौं। नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक हुनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समक्ष जाहेरी गरेको छ।

शेखर समूहले ३ मन्त्री र राम्रा मन्त्रालयको टुङ्गो नभएसम्म मन्त्रीको नाम नदिने अडानसमेत लिएको छ। सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले ८ मन्त्रालय पाएको छ । त्यसबाट सभापति देउवाले शेखर समूहलाई दुई मन्त्रीको मात्रै नाम दिन भनेका छन्।

पार्टी सभापतिको यो प्रस्ताव सम्मानजनक नभएको भन्दै शेखर समूहले प्रस्ताव स्वीकार्य नहुने बताएको छ । सो समूहले प्रधानमन्त्री प्रचण्डलाई समेत यसबारे ध्यानाकर्षण गराएको छ।

आज बिहान बसेको डा.शेखर समूहका पदाधिकारीहरूको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरूको नाम नदिने निर्णय गरेको छ ।

यसबारे शेखर समूहमा रहेका पार्टी सह-महामन्त्री जीवन परियारले पनि सम्मानजनक अवस्थामा मात्रै मन्त्रीको नाम दिने कुरा सही भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved