पुन: विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

नेपालभ्युज

पुन: विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । (शुक्रबार) चैत्र १७ गते बस्ने संसद् बैठकमा मुख्यमन्त्री शर्माले संसद्‌बाट विश्वास मत लिन लागेका हुन् ।

राप्रपाले मुख्यमन्त्री शर्मालाई दिएको विश्वासको मत फिर्ता लिएपछि पुनः विश्वासको मत लिन लागेका हुन् । माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शर्मालाई एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीसहित २४ सांसदले समर्थनमा पुस १७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

शर्माले माघ ६ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले दलले विश्वासको मत दिएका थिए । केन्द्रमा गठबन्धन बदलिँदा राप्रपाले माग १८ गते मुख्यमन्त्री शर्मालाई दिएको समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री शर्मालाई दिएको राप्रपाले फिर्ता लिएपनि एमाले र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएका छैनन् ।

मुख्यमन्त्री शर्माले बुधबार नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम मलाई प्रदेश सभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव संसद् सचिवालयमा विश्वासको मत लिनका लागि निवेदन दर्ता गरेको कर्णाली प्रदेशसभा संसद सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक यही चैत १७ गते दिउँसो ३ बजे बस्दैछ ।

अन्योलमा एमाले !

एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री बनेका शर्माले पुनः विश्वासको मत लिन लागेपछि एमालेमा अन्योलता बढेको छ ।

एमालेका अहिलेको शर्मा सरकारमा तीन जना मन्त्री रहेको छन् । आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्रीमा टेकबहादुर पछाई मन्त्री रहेका छन् ।

एमालेका सरकारमा सहभागी मन्त्रीले अहिले एमालेले मुख्यमन्त्री शर्मालाई समर्थन गर्ने वा नगर्ने विषयमा कुनै छलफल नभएको बताए ।

के गर्ला कांग्रेस ?

सत्ताबाहिर रहेको कांग्रेसले मुख्यमन्त्री शर्मालाई समर्थन गर्नेमा माओवादीको विश्वास रहेको छ । माओवादीका एक सांसदकाअनुसार एमालेले समर्थन नगर्ने र कांग्रेसले विश्वास दिनेमा ढुक्क रहेको बताए ।

केन्द्रमा सत्ता समीकरण बदलिएको कर्णालीमा कांग्रेसले माओवादीलाई विश्वासको मत दिने ती सांसदको भनाइ रहेको छ । नेपाली कांग्रेसका सांसदहरुले भोलि संसदीय दलको बैठक बसेर उपयुक्त निर्णय लिने एक सांसदले जानकारी दिए ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, समाजवादी र स्वतन्त्रका एक एक जना सांसद रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved