एलेक्स फर्ग्युसन ‘प्रिमियर लिग हल अफ फेम’ मा सम्मिलित

२७ वर्ष प्रशिक्षकका रूपमा रहेका उनले यूनाईटेडलाई कुल ८१० मध्ये ५२८ खेलमा जित दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याए । उनले ११ पटक ‘म्यानेजर अफ द सिजन’ को उपाधि पनि जिते ।

नेपालभ्युज

एलेक्स फर्ग्युसन ‘प्रिमियर लिग हल अफ फेम’ मा सम्मिलित

काठमाडौं । म्यानचेष्टर यूनाईटेड फुटबल क्लबका पूर्वप्रशिक्षक सर एलेक्स फर्ग्युसनलाई ‘प्रिमियर लिग हल अफ फेम’ मा सम्मिलित गरिएको छ ।

फर्ग्युसनलाई प्रिमियर लिग हल अफ फेममा सम्मिलित गरिएको म्यान्चेष्टर यूनाईटेडले बुधबार जानकारी गराएको हो । ‘प्रिमियर लिग हल अफ फेममा सम्मिलित हुँदा निकै खुसी छु । यस्तो मान्यता पाउदाँ गौरवान्वित भएको छु । यो व्यक्तिगतभन्दा पनि यूनाईटेडमा गरिएको काम र साझेदारीको लागि हो । मलाई क्लब, अधिकारी तथा खेलाडीहरूमा गर्व लाग्छ,’ फर्ग्युसनले भने ।

प्रिमियर लिगका कार्यकारी प्रमुख रिचार्ड मास्टर्सले प्रिमियर लिग हल अफ फेममा फर्ग्युसनलाई स्वागत गर्दै फुटबलमा दिएको योगदानको पनि प्रशंसा गरे । म्यान्चेष्टरलाई १३ पटक उपाधि जिताउन सफल प्रशिक्षकको योगदानको कदर गर्दै फर्ग्युसन हल अफ फेममा समावेश गरिएको हो ।

२७ वर्ष प्रशिक्षकका रूपमा रहेका उनले यूनाईटेडलाई कुल ८१० मध्ये ५२८ खेलमा जित दिलाउन महत्त्वपूर्ण योगदान पुर्‍याए । उनले ११ पटक ‘म्यानेजर अफ द सिजन’ को उपाधि पनि जिते ।

उनको प्रशिक्षणमा नै ‘क्लास अफ ९२’ को टोली निर्माण भएको थियो । सन् २०१२–१३ को अन्तिम प्रिमियर लिगको उपाधि उचाल्दै उनले प्रशिक्षणबाट सन्यास लिएका थिए ।

उनकै प्रशिक्षणमा रहेका डेभिड बेकह्याम, एरिक क्यान्टोना, रोय केन, वेन रुनी, पिटर स्मिचेल र पल स्कोल्सले यसअघि नै प्रिमियर लिग हल अफ फेममा स्थान बनाइसकेका थिए ।

फर्ग्युसनसँगै आर्सनल फुटबल क्लबका पूर्व प्रशिक्षक आर्सेन वेङ्गर पनि हल अफ फेममा सम्मिलित भएका छन्। आर्सनललाई ३ उपाधि जिताउनु महत्वपूर्ण भूमिका खेलेका आर्सेनले आर्सनलाई माया गर्ने व्यक्तिको रुपमा स्मरण हुने चाहेको पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved