बागमती प्रदेशका १ हजार ५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा

नेपालभ्युज

बागमती प्रदेशका १ हजार ५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा
गंगानारायण श्रेष्ठ, आन्तरिक मामिला तथा कानुमन्त्री, बाग्मती प्रदेश

हेटौंडा। बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बिमा गरिदिएको छ ।

कानुन र सञ्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३ जिल्लाका १ हजार ५ सय ८५ जना पत्रकारका लागि राष्ट्रिय बिमा कम्पनी लीमार्फत प्रतिव्यक्ति ४ लाख रुपैयाको दुर्घटना बिमा गरिएको मन्त्रालयका शाखा अधिकृत सुरेन्द्र कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार ६३ करोड ४० लाख रुपैयाँ बराबरको बिमाङ्क रकमको बिमा गरिएको हो । चैत्र ५ बाट लागू हुने बिमालेखअनुसार बीमित पत्रकारको मृत्यु भएमा कुल ४ लाख रुपैयाँ र दुर्घटना भएको खण्डमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार खर्च भुक्तानी दाबी लिन सकिने बिमा कम्पनीलाई उद्धृत गर्दै कार्कीले जानकारी दिए ।

आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जिम्मेवारी सम्हालेपछि पत्रकारको बिमाको काम छिटो कार्यान्वयन गर्न निर्देशन दिएपछि पत्रकाहरूको सामूहिक दुर्घटना बिमा लागू भएको हो ।

यसैगरी, मन्त्री श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेशलगायत अन्य ५ वटा संस्थाहरूलाई समेत पत्रकाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग गरिएको बताए ।

यसअघि, मन्त्री श्रेष्ठको प्रस्तावमा जंगली हात्तीले ज्यान लिएका मकवानपुरका २ जना र सिन्धुलीका १ जना मृतकको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved