रोनाल्डो फेरि उत्कृष्ट लयमा, पोर्चुगलले लक्जम्वर्गलाई ६-० गोलले हरायो

नेपालभ्युज

रोनाल्डो फेरि उत्कृष्ट लयमा, पोर्चुगलले लक्जम्वर्गलाई ६-० गोलले हरायो

काठमाडौं। युरोकप छनोट फुटबलमा पोर्चुगलले शानदार जित निकालेको  छ ।

गएराती भएको खेलमा पोर्चुगलले लक्जम्बर्गलाई उसकै घरेलु मैदानमा ६-० गोलले हरायो । पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो पुन लयमा फर्किएका छन् ।

उसका लागि कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक गोल गरे ।

पोर्चुगलले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थप्दै सानदार जित निकाल्न सफल भयो । पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो ।

उनले यसअघि लिचेस्टाइनविरुद्ध पनि दुई गोल गरेका थिए । यससँगै रोनाल्डोले १९८ खेलमा १२२ अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन् । उनी सर्वाधिक अन्तर्राष्ट्रिय क्याप जित्ने तथा पुरुषतर्फ सर्वाधिक बढी गोल गर्ने खेलाडी हुन् ।

यस जितसँगै पोर्चुगलले समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा रहेको छ । गएराती नै भएका अरु खेलमा स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले तथा आइसल्यान्डले लिचेस्टाइनलाई ७–० ले पराजित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved