युरोकप छनोट : स्पेनले नर्वेलाई ३ गोलले हरायो, बेलारुसको पोष्टमा स्विट्जरल्याण्डको ५ गोल

नेपालभ्युज

युरोकप छनोट : स्पेनले नर्वेलाई ३ गोलले हरायो, बेलारुसको पोष्टमा स्विट्जरल्याण्डको ५ गोल

एजेन्सी । सन् २०२४ अर्थात् अर्को वर्ष हुने युरोकप फुटबल छनोटमा स्पेनले नर्वेलाई ३ गोलले हराएको छ ।

गएराती घरेलु मैदानमा भएको खेलमा स्पेनले नर्वेलाई ३-० गोलले हराएको हो । उसका लागि जोसेलुले २ गोल र ओल्मोले १ गोल गरे । समूह ए मा स्पेन स्कटल्याण्ड जर्जिया नर्वे र साइप्रस रहेका छन् ।

गएराती नै भएका अरु खेलमा स्कटल्याणडले साइप्रसलाई पनि ३ गोलले नै हराएको छ । यस्तै, क्रोएसिया र वेल्सले बराबरी खेल्दा टर्कीले अर्मेनियालाई २-१ गोलले हरायो ।

स्विट्जरल्याण्डले बेरारुसलाई ५ गोलले पराजित गर्‍यो । उसका रेटानो स्टेफेनले ह्याट्रिक गरे ।

अर्को खेलमा रोमानियाले एन्डोरालाई हरायो भने इजरायल र कोसोभोले बराबरी खेलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved