नेपाल पुलिस क्लव खप्तड गोल्डकपको क्वाटर फाइनलमा

नेपालभ्युज

नेपाल पुलिस क्लव खप्तड गोल्डकपको क्वाटर फाइनलमा

धनगढी । नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनलमा प्रवेश गरेको छ । दार्जिलिङको जर्जियन फुटबल क्लबलाई पेनाल्टीमा पराजित गर्दै पुलिस क्लबले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

धनगढी रङ्गशालामा शनिबार भएको खेलमा दार्जिलिङको जर्जियन फुटबल क्लबलाई पेनाल्टीमा ३–० गोल अन्तरले पराजित गर्दै पुलिस क्वाटरफाईनलमा पुगेको हो । निर्धारित समय दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । पहिलो हाफको ८ मिनेटमा जर्जियन फुटबल क्लबले आत्मघाती गोल मार्फत अग्रता लिएको थियो ।

नेपाल पुलिस क्लबका मनोज राईको हेड आफ्नै पोष्टमा छिरेको थियो । पहिलो हाफकै ४२ औं मिनेटमा पुलिसका भोला शिलवालले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए । दोस्रो हाफमा कुनै पनि टीमबाट गोल नभएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा नेपाल पुलिसका लागि भोला शिलवाल, सुमन सुवेदी र पृथ्वी चौधरीको प्रहार गोलमा परिणत भयो । जर्जियन फुटबल क्लबका कुनै पनि खेलाडीको प्रहार गोल हुन सकेन् । प्रवेश रोयको प्रहार पुलिसका गोलरक्षक सत्रुधन चौधरीले बचाए । सोनम लेप्चाको प्रहार गोलपोष्टको बारमा लागेर बाहिदा प्रणय मुखियाको प्रहार बाहिर गयो । खेलको म्याच अफ द म्याच पुलिसका भोला शिलवाल भए ।

नेपाल पुलिस क्लबले सेमिफाईनल प्रवेशका लागि अव आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत भोली थ्रीस्टार क्लब र फेन्ड्स क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागत तर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । चैत्र १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved