अमेरिकाको एक चकलेट कारखानामा विस्फोट, दुईको मृत्यु, नौजना बेपत्ता

नेपाल भ्युज

अमेरिकाको एक चकलेट कारखानामा विस्फोट, दुईको मृत्यु, नौजना बेपत्ता

अमेरिका। पेन्सिल्भेनिया राज्यको चकलेट कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् ।

राज्यको वेस्ट रिडिङ बरोमा रहेको आरएम पाल्मर कम्पनीको प्लान्टमा शुक्रबार साँझ भएको विष्फोटमा ज्यान गुमाएका बाहेक अन्य छ जना घाइतेलाई अस्पताल पुर्‍याइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोट ज्यादै शक्तिशाली रहेको जानकारी दिँदै वेस्ट रिडिङका नगरप्रमुख सामन्था कागले भवन चार फिट अगाडि सरेको बताएका छन् ।

टेलिभिजनमा देखाइएका तस्वीरमा भवनको भग्नावशेषमा आगो दन्दनी बलेको देखिन्छ भने वारुणयन्त्रका कर्मचारी त्यसलाई निभाउने प्रयास गरिरहेका देखिन्छन् ।

विस्फोटको कारण खुलेको छैन । सम्बद्ध अधिकारीले अनुसन्धान थालेका छन् ।-रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved