अहिले देशको अवस्था ठीक छैन  : डा. बाबुराम भट्टराई

नेपाल भ्युज

अहिले देशको अवस्था ठीक छैन  : डा. बाबुराम भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान अवस्थामा देशको अवस्था ठीक नरहेको बताएका छन् ।

उनले अहिले देशमा आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही ढङ्गले अघि नबढेकाले सन्तुष्ट हुने ठाउँ नरहेको बताएका हुन् ।

सुर्खेतमा पार्टीको प्रशिक्षण भेलापछि पत्रकारसँग कुरा गर्दै उनले वर्तमान सरकारको काँधमा शान्ति प्रक्रियाका बाँकी कामहरूलाई पूर्णता दिने र देशलाई समृद्धिको दिशातिर अग्रसर गराउनुपर्ने जिम्मेवारी रहेको बताए ।

गठबन्धनका बारे कुरा गर्दै भट्टराईले भने, ‘राजनीतिक भनेको पावर केन्द्र हो, कति बेला के हुन्छ भन्ने थाह हुँदैन, यो सरकार स्थिर भएर अगाडि बढ्नुपर्छ भन्ने नै हो।’

माओवादीसँग एकता हुने सम्बन्धमा उनले वार्ता टोली बनाएर छलफल जारी रहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved