प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गर्दा मुख थुनिएको भन्दै सरकारको आलोचना

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गर्नेलाई नियन्त्रणमा लिने क्रममा मुख थुनिएको भन्दै आलोचना भएको छ। नियन्त्रणमा लिएपनि मुख थुनेर बोल्न नदिनु तानाशाही शैली भएको भन्दै आलोचना भएको छ।

नेपालभ्युज

प्रचण्डविरुद्ध नाराबाजी गर्नेलाई पक्राउ गर्दा मुख थुनिएको भन्दै सरकारको आलोचना

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी गर्नेलाई नियन्त्रणमा लिने क्रममा मुख थुनिएको भन्दै आलोचना भएको छ। बाग्लुङका ३० वर्षीय सोम शर्मा, बझाङका १८ वर्षीय विप्लव खड्का, र सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेतलाई नियन्त्रणमा लिने क्रममा मुख थुनेर बोल्न नदिएको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ।

नियन्त्रणमा लिएपनि मुख थुनेर बोल्न नदिनु तानाशाही शैली भएको भन्दै आलोचना भएको छ। मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा ती युवाले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेका हुन्।

प्रचण्ड कार्यक्रम स्थलमा पुग्नासाथ नाराबाजी गरेका थिए। प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नारा लगाएका थिए।

प्रहरीले मुख थुन्दै नियन्त्रणमा लिएपछि अर्का युवाले ‘‘प्रहरीले मुख बन्द गर्न पाइँदैन’’ भन्दै नारा लगाए।

दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले ‘गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ’’ भन्दै नाराबाजी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved