प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी- युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए।

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी- युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध बानेश्वरमा नाराबाजी भएको छ। मंगलबार ५८ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा केही युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन्।

कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए। तर प्रहरीले ती युवालाई समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै विरोध गरेका थिए।

त्यसबीचमा अर्का एक जना युवाले ‘‘प्रहरीले मुख बन्द गर्न पाइँदैन’’ भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले ‘गरिब मारा प्रचण्ड मुर्दावाद, मूल्यवृद्धि खारेज गर्, नालायक सरकार होसियार, युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन, ७७ जिल्लाका युवा एक हौँ’’ भन्दै नाराबाजी गरे।

प्रधानमन्त्री प्रचण्ड जाँदै गर्दा उनकै अगाडि एक युवाले ‘बैंकको मिटर ब्याज मिनाहा गर्’ भन्दै नारा लगाएका थिए। ती युवालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved