छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माण गरौँ : प्रधानमन्त्री प्रचण्ड

‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

नेपालभ्युज

छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माण गरौँ : प्रधानमन्त्री प्रचण्ड
फाइल फोटो

काठमाडौं। आज २१ मार्च अर्थात् अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस । विभिन्न कार्यक्रमको आयोजना गरी  अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस देशैभर मनाईदै छ ।

संयक्त राष्ट्र संघले सन् १९६५ मा जातीय विभेद उन्मुलन सम्बन्धि महासन्धि पारित गरी जाति तथा रंगभेद उन्मुलन दिवसको रुपमा मनाउने घोषणा गरे पनि नेपालले भने सो महासन्धिलाई सन् १९७१ मा मात्रै अनुमोदन गरेको थियो ।

तर यो दिवस भने सन् १९६६ देखि हरेक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।

यसबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिँदै प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीले लेखेका छन्, ‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त नेपालीहरूलाई छुवाछूत र जातीय हिंसाविरूद्ध उभिँदै सभ्य र सुसंस्कृत समाज निर्माणको नेतृत्वका लागि अपील गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved